ठेकेदारहरुको रकम भुक्तानी गर्ने अर्थमन्त्रीको प्रतिबद्धता
अर्थमन्त्री डा. प्रकाशशरण महतले निर्माण व्यवसायीहरुको रोकिएको भुक्तानीका प्रक्रिया अघि बढाइने बताउनुएको छ । झण्डै एक महिनादेखि आन्दोलनरत निर्माण व्यवसायीका प्रतिनिधिहरुसगको छलफलमा उहाँले उक्त जानकारी दिनुभएको बताइएको छ ।
अर्थमन्त्री डा. महतले उनीहरुको जायज समस्या र माग सरकारले समाधान गर्ने बताउनुभएको मन्त्रालयले जनाएको छ । मन्त्रीको भनाई उल्लेख गर्दै भनिएको छ, ‘हालसम्मका कामबाट सिर्जित दायित्वको भुक्तानी दिने र बाँकी रहेको काम अघि बढ्न नसक्ने अवस्था देखिएमा त्यस्ता आयोजनाको ठेक्का तोेडिने छ ।’
उहाँले सम्बन्धित मन्त्रालय, विभाग र कार्यालयमा निर्माण सम्पन्न भएको बिल पेश गरिएको १५ दिनभित्र सबै रकम भुक्तानी गर्न सरकार रहेको उहाँले जानकारी दिनुभएको हो ।
टिप्पणीहरू