प्रतिनिधि सभा बैठक १ बजे, अवरोध हट्ने प्रधानमन्त्रीको विश्वास

प्रतिनिधि सभा बैठक १ बजे, अवरोध हट्ने प्रधानमन्त्रीको विश्वास

प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे डाकिएको छ । साउन १० गतेदेखि अवरुद्ध बैठक आज बोलाइएको संसद सचिवालयले जनाएको छ ।

संसद सचिवालयले आजको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउने, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाउने कार्यसूची रहेको जनाएको छ । त्यस्तै नक्कली भुटानी शरणार्थी प्रकरणमा हाल पुर्पक्षको निम्ति कारागारमा रहेका प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझीको निलम्बनबारे पनि सांसदहरुलाई जानकारी गराउनेलगायत विषय कार्यसूचीमा उल्लेख छ ।

तर एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै नियमित रुपमा संसद अवरोध गरिरहेको छ । एमालेको मागमा सत्ता गठबन्धन दलहरु भने असहमत छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले आजदेखि बैठकको अवरोध हट्न विश्वास व्यक्त गर्नुभएको छ । उहाँले हिजो पार्टी मुख्यालय पेरिस डाँडामा आयोजित कार्यक्रममा उक्त धारणा राख्नुभएको थियो ।

टिप्पणीहरू