प्रतिनिधि सभाको बैठकअघि सभामुखको कार्यकक्षमा छलफल

प्रतिनिधि सभाको बैठकअघि सभामुखको कार्यकक्षमा छलफल

अवरुद्ध सदनको बैठक खुलाउन सभामुखको कार्यकक्षमा प्रमुख दलका सचेतकहरुको बैठक बोलाइएको छ । सभामुख देवराज घिमिरेले संसदमा प्रतिनिधित्व गर्ने ठूला दलका प्रमुख सचेतकहरुसँग बिहान ११ बजे छलफल राख्नुभएको बताइएको छ ।

‘आज बिहान ११ बजे सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा प्रमुख दलका सचेतकहरुलाई छलफलका लागि बोलाइएको छ,’ सभामुखको सचिवालयले जनाएको छ । 

छलफलमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र, एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सचेतकहरु सहभागी हुँदैछन् । 

तस्करी सुन प्रकरणमा एमालेले उच्चस्तरीय छानबिन समिति गठनको माग राखेर संसद बैठक अवरुद्ध पार्दै आएको छ । साउन १० गतेदेखि संसदको दुवै सदनका बैठक अवरुद्ध छन् । सत्ता पक्षले एमालेको उक्त मागमा असहमति जनाएको छ ।
 

टिप्पणीहरू