राष्ट्रिय सभाका अध्यक्षद्वारा बैठक आह्वान

राष्ट्रिय सभाका अध्यक्षद्वारा बैठक आह्वान

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आज संसद सुचारुको पहलमा बैठक बोलाउनुभएको छ । उहाँले राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनुभएको बताइएको छ ।

उक्त बैठक दिउँसो १ बजे अध्यक्षको कार्यकक्ष सिंहदरबारमा बस्दैछ । राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरु अध्यक्षले बोलाउनुभएको बैठकमा सहभागी हुने जानकारी दिइएको छ ।

राष्ट्रिय सभाको बैठक भोलि दिउँसो १ बजे बोलाइएको छ । गत असार १० गतेदेखि एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै बैठक अवरुद्ध पार्दै आएको छ ।

टिप्पणीहरू