शीतल निवासमा पहिले ‘त्यो पर्दैन’, अहिले ‘प्रतिक्षा गर्दछु’

शीतल निवासमा पहिले ‘त्यो पर्दैन’, अहिले ‘प्रतिक्षा गर्दछु’

नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको शपथ ग्रहण समारोहमा पनि ‘टङ स्लिप’ भएको छ । मंगलबार अपरान्ह शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले श्रेष्ठलाई प्रधानन्यायाधीशको पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।

उपराष्ट्रपति,प्रधानमन्त्री, सभामुखलगायत विशिष्ट पाहुनाहरुको उपस्थितिमा भएको शपथ ग्रहणमा प्रधानन्यायाधीश श्रेष्ठको ‘टङ स्लिप’ भएको प्रस्टै देखियो । राष्ट्रपतिले पढेपछि शपथग्रहणको व्यहोरा दोहोर्याउने क्रममा प्रधानन्यायाधीशले एउटा शब्द फरक उच्चारण गर्नुभएको पाइयो ।

शपथको क्रममा उहाँले प्रतिज्ञा गर्दछु भन्नुपर्नेमा प्रतिक्षा गर्छु भनेपछि विशिष्ट पाहुनाहरुले मुखामुख गरेका थिए । यो सुनेर नजिकै रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भने मुसुमुसु हाँस्नुभएको थियो । 

राष्ट्रपति पौडेलले लामो वाक्य पढेपछि प्रधानन्यायाधीशले सोही वाक्य दोहोर्याउने क्रममा प्रतिज्ञा भन्नुपर्ने थियो तर प्रतिक्षा गर्छु भन्नुभयो । एक जना मन्त्रीले भने, ‘विगतमा एमाले अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पनि राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ ग्रहणको व्यहोरा पढेर सुनाउने क्रममा त्यो पर्दैन भन्नुभएको थियो । अहिले पनि अरुलाई खिसिटियुरी गर्नुपर्दा त्याे पर्दैन भन्ने चलन छ ।’

टिप्पणीहरू