सन्देश सभाका लागि मोर्चाका शीर्ष नेता मधेश झरे

सन्देश सभाका लागि मोर्चाका शीर्ष नेता मधेश झरे
सुन्नुहोस्

चार दल सम्मिलित समाजवादी मोर्चाको प्रदेशस्तरीय सन्देश सभा आजदेखि शुरु हुँदैछ । मधेस प्रदेशको वीरगञ्जमा आज दिउँसो १ बजे का लागि तय भएको पहिलो सन्देश सभालाई शीर्ष नेताहरुले सम्बोधन गर्दैछन् ।

सभालाई सम्बोधन गर्न माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादव बिहानै त्यसतर्फ लागेका छन् । बुद्ध एयरको उडानमा तीन नेता सिमरा हुँदै बीरगंज पुग्ने जनाइएको छ । 

मोर्चाले भदौ १२ गते बुटवल, १३ गते धनगढी, १४ गते सुर्खेत, १५ गते पोखरा, २३ गते हेटौंडा र २५ गते विराटनगरमा सभा गर्ने निर्णय गरेको छ । 

असार ४ गते गठन भएको मोर्चामा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपा छन् ।

टिप्पणीहरू