नेपाल विद्यार्थी संघले बालुवाटार घेर्ने

नेपाल विद्यार्थी संघले बालुवाटार घेर्ने

नेपाली काँग्रेस भ्रातृ संगठन नेविसंघले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेर्ने कार्यक्रम सार्वजनिक गरेको छ । इञ्जिनियरिङ अध्ययन संस्थान, पुल्चोकमा बढाइएको चर्को शुल्क घटाउनुपर्ने माग गर्दै भोलि बिहान ११ बजे बालुवाटार जाने उनीहरुले बताएका छन् । 

नेविसंघले इञ्जिनियरिङ अध्ययन संस्थानमा बढाइएको १४४ प्रतिशत शुल्क फिर्ता लिनुपर्नेलगायत माग राखेका छन् । विभिन्न मागमध्ये विद्यार्थीको विदेश पलायनलाई राष्ट्रिय संकट घोषणा गर्नुपर्ने पनि एक छ । 

नेविसंघ पुल्चोक क्याम्पसमा सोही माग राखेर विद्यार्थीहरु आमरण अनसनमा बसेका छन् । आज जनमत पार्टीका अध्यक्ष डा. सिके राउत र नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उनीहरुलाई समर्थन गरेका छन् । नेविसंघ पुल्चोक क्याम्पस इकाइका सभापति चापार्गांलाई भेटेर उनीहरुले ऐक्यबद्धता जनाएका हुन् । 

त्यहाँको स्वतन्त्र विद्यार्थी युनियनले पनि बढेको शुल्क घटाउनुपर्ने माग राखेको छ । क्याम्पसमा अध्ययनरत दोस्रो वर्षका विद्यार्थीहरुले चर्को शुल्कको विरोधमा गत साता मशाल जुलुस निकालेका थिए ।

टिप्पणीहरू