बालुवाटार घेर्न नदिएपछि नेविसंघले लगायो भाटभटेनीमा नारा

बालुवाटार घेर्न नदिएपछि नेविसंघले लगायो भाटभटेनीमा नारा
सुन्नुहोस्

प्रधानमन्त्रीको सरकारी निवास घेर्न गएको नेविसंघको टोलीलाई प्रहरीले भाटभटेनी मन्दिर नजिकै रोकेको छ । उनीहरु चर्को शुल्क घटाउनुपर्ने माग राख्दै बालुवाटार गएका हुन् ।

इञ्जिनियरिङ अध्ययन संस्थानले गरेको १४४ प्रतिशत शुल्कवृद्धिको विरोधमा विद्यार्थीहरु आन्दोलित छन् । सोही शुल्क खारेज गर्नुपर्ने माग राख्दै पुल्चोक क्याम्पसमा सातौं सेमेस्टरमा अध्ययनरत सुलभ चापागाईं पाँच दिनदेखि अनसनमा बसेका छन् ।

उनको समर्थन र शुल्क वृद्धि खारेजीको मागसहित नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष दुजाङ्ग सेर्पाको नेतृत्वमा आज बालुवाटारमा घेराउको कार्यक्रम राखिएको बताइएको छ । उनीहरुले प्लेकार्ड बोकेर नारा लगाएका छन् । 

प्लेकार्डमा लेखिएको छ, ‘आधा युवा खाडीमा, बाँकी युरोप र अमेरिकी बाढीमा, गैर–जिम्मेवार सरकार निमुखाको सपना नमार, मन्त्रीज्यू सँधै कारमा, विद्यार्थी सँधै मारमा ।’

टिप्पणीहरू