महिला खेलाडीको ओठमा चुम्बन गरेपछि प्रशिक्षक निलम्बित
अन्तरर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले स्पेनको फुटबल महासंघका अध्यक्ष लुइस रुबियाल्सलाई निलम्बन गरेको छ । गत साता भएको महिला विश्वकपको फाइनलमा स्पेनकी खेलाडी जेनी हर्मोसालाई ओठमा चुम्बन गरेपछि उनलाई तीन महिनाको निम्ति निलम्बन गरिएको बताइएको छ ।
फाइनलमा स्पेनले इङ्ल्याण्डलाई शुन्यको विरुद्ध एक गोलले हराएपछि लुइसले हर्मोसालाई मैदानमा पुगेर ओठमा चुम्बन गरेका थिए । फिफा अनुशासन समितिले रुबियाल्सको आचरण र अन्य व्यवहारबारे पनि अनुसन्धान थाल्ने भएको छ ।
उक्त चुम्बनको दृश्य एकाएक विश्वभर फैलिएको थियो । सामाजिक सञ्जालमासमेत भिडियो र फोटो भाइरल भएपछि उनले क्षमा याचना गरे तर सहमतिमा चुम्बन गरेको बताएका छन् । जेनीले भने उक्त दाबीलाई झुठो भनेकी छन् ।
टिप्पणीहरू