मदन भण्डारी पहिलोपटक महासचिव छानिएको तराई-पहाडवीचको त्यो गोप्य ठाउँमा...
एमाले नेताहरु सिरहाको लहान नजिकै अम्बासमा पुग्ने क्रम जारी छ । पार्टी सचिवालय बैठकमा सहभागी हुन नेताहरु धनगढीमाई नगरपालिका–४, अम्बास पुग्दैछन् ।
बिहान साढे ११ बजे राखिएको बैठकमा मिसन ग्रासरुट अभियानको समीक्षा हुने बताइएको छ । त्यसैगरी केन्द्रीय कमिटी बैठकको मिति पनि आजै तोक्ने कुरा छ ।
आज बैठक बस्न लागेको सर्रे अम्बासमा तत्कालीन नेकपा मालेले २०४६ भदौमा चौथो महाधिवेशन गरेको थियो । उक्त अन्तिम भूमिगत महाधिवेशनले मदन भण्डारीलाई पार्टीको महासचिव चुनेको थियो ।
आजै एमाले अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्ट पार्टी स्थापनाको ७५ वर्ष पुगेको उपलक्ष्यमा उक्त स्थानमा स्तम्भ शिलान्यास गर्नुहुने कार्यक्रम छ ।
एमाले नेताहरुले आफूहरु बैठकमा सहभागी हुन जाने क्रममा रहेको उल्लेख गर्दै सामाजिक सञ्जालमा सामूहिक फोटो पोष्ट गरेका छन् । अधिकांश नेता विमानमा जनकपुर पुगेर त्यहाँबाट स्थलमार्ग हुँदै लहान जाने काम धमाधम भैरहेको बुझिएको छ ।
टिप्पणीहरू