लुम्बिनीमा भोट गन्दै एमाले

लुम्बिनीमा भोट गन्दै एमाले

एमाले लुम्बिनी प्रदेशको अधिवेशनमा नेतृत्व चयनका लागि भएको मतदानको मतपेटिका खोलिएको छ ।

कुल १ हजार चार जना मतदाता रहेकोमा ९६५ मत खसेको एमाले सचिव तथा लुम्बिनी इञ्चार्ज पद्मा अर्यालले जानकारी दिएकी छन् । बिहान ९ बजे सुरु भएको मतदान दिउँसो १ बजेसम्म तोकिएको थियो । बेलुकी साढे ६ बजेबाट मतगणना थालिएको निर्वाचन समितिले जनाएको छ ।

नयाँ नेतृत्व चयनका लागि सहमति नजुटेपछि मतदान गर्ने निर्णय भएको भएको थियो । चुनावी मैदानमा उपाध्यक्ष विष्णु पौडेल समूहबाट राधाकृष्ण कँडेल र महासचिव शंकर पोखरेल समूहबाट हरि रिजाल अध्यक्षका उम्मेदवार छन् ।

टिप्पणीहरू