जंगी अड्डामा पृतनापतिहरुको भेला

जंगी अड्डामा पृतनापतिहरुको भेला

नेपाली सेनाको मुख्यालय भद्रकालीमा पृतनापति समन्वयात्मक बैठक शुरु भएको छ । भोलिसम्म हुने पृतनापति समन्वयात्मक बैठक–२०८० को शुभारम्भ आज गरिएको छ । 

उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले उद्घाटन गर्नुभएको कार्यक्रममा प्रधान सेनापति प्रभुराम शर्माले नेपाली सेनालाई थप सुदृढ र आधुनिक बनाउँदै अन्तर सुरक्षा निकायबीच सूचना आदान प्रदान गरी भावी सुरक्षा चुनौतीहरुको सामना गर्न आवश्यक रहेको धारणा राख्नुभएको जनाइएको छ ।

उद्घाटन कार्यक्रममा रक्षा सचिव, बलाध्यक्ष रथी, पृतनापतिहरुलगायत विभिन्न विभाग, महानिर्देशनालय तथा निर्देशनालयका प्रमुखहरुको उपस्थिति रहेको नेपाली सेनाले जनाएको छ । बैठकमा सहभागीहरुले आ–आफ्नो जिम्मेवारी क्षेत्रको वस्तुस्थिति, कार्य समीक्षा र सुझावहरु प्रस्तुत गर्दैछन् ।

टिप्पणीहरू