विश्वका शक्तिशाली २० मुलुकका नेता एकै ठाउँमा
भारतको राजधानी नयाँ दिल्लीमा जी–२० सम्मेलन शुरु भएको छ । सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री ऋषि सुनकसहित विभिन्न मुलुकका राष्ट्र तथा सरकार प्रमुखहरुको उपस्थिति छ ।

सम्मेलनमा अष्ट्रेलिया, अर्जेन्टिना, ब्राजिल, क्यानडा, चीन, फ्रान्स, जर्मनी, भारत, इन्डोनेसिया, इटली, जापान, मेक्सिको, रुस, साउदी अरब, दक्षिण अफ्रिका, दक्षिण कोरिया, टर्की, बेलायत, अमेरिका र युुरोपियन युनियनको सहभागिता छ ।
भोलिसम्म हुने सम्मेलनको पहिलो दिन आज उनीहरुले विश्वको पछिल्लो आर्थिक अवस्थाबारे छलफल गर्न लागेको बताइएको छ ।
टिप्पणीहरू