सरकार टिकाउन कसैसँग सम्झौता गर्दिन - प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार टिकाउन कुनैपनि किसिमको सम्झौता नगरिने प्रष्ट पार्नुभएको छ ।
आज विराटनगरमा समाजवादी मोर्चाले आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्दै उहाँले सरकार टिकाउन भ्रष्टाचारविरुद्धको अभियान नरोकिने बताउनुभएको हो । प्रधानमन्त्रीले भ्रष्टाचारविरुद्ध सरकार दृढतापूर्वक लागेपछि षड्यन्त्र हुन थालेको पनि बताउनुभयो । तर, सरकार कहिलेसम्म टिक्छ भन्ने चिन्तामा आफू नभएको उहाँको भनाई छ ।
‘नक्कली भुटानी शरणार्थी प्रकरणबाट सुरु भएको यो अभियान ललिता निवास हुँदै सुन तस्करविरुद्ध लागेको छ । एकपछि अर्को बेथितिविरुद्ध यस्तो कदम लिएपछि देशभर प्रतिक्रियावादीहरु यसको षडयन्त्र गरिरहेका छन्', प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, 'आफ्नै लडाईंले अघि बढ्न सकिन्छ, त्यतिबेला जनताको साथ चाहिन्छ ।'
भ्रष्टाचारविरुद्धको अभियानलाई अन्तिमसम्म पुर्याएरै छाड्ने आफूले अठोट लिएको उहाँले बताउनुभयो ।
टिप्पणीहरू