प्रधानमन्त्री राजधानी आइपुग्नुभयो

प्रधानमन्त्री राजधानी आइपुग्नुभयो

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विराटनगरबाट काठमाडौं आइपुग्नुभएको छ । मध्यान्ह बुद्ध एअरको उडानमा त्यता जानुभएको प्रधानमन्त्री भर्खरै काठमाडौं फर्कनुभएको छ । 

पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालगायत १४ जनाको टोलीसहित उहाँ साढे ५ बजे काठमाडौं विमानस्थलमा आइपुग्नुभएको हो । 

उहाँहरु समाजवादी मोर्चाको विराटनगरमा आयोजित सन्देश सभालाई सम्बोधन गर्न विराटनगर जानुभएको थियो । सभालाई प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले सम्बोधन गर्नुभएको थियो ।

टिप्पणीहरू