सामसुङका कोरियन हाकिम शीतल निवासमा
राष्ट्रपति रामचन्द्र पौडेलसँग सामसुङ कम्पनीका ग्लोबल प्रेसिडेन्ट सिउङ ही पार्कले भेटवार्ता गरेका छन् । उहाँहरुबीच राष्ट्रपति भवन शीतल निवासमा भेट भएको हो ।
भेटघाटमा सामसुङका उपाध्यक्षद्वय हयुङ वु लि र सुङ जुन पार्क, प्रबन्ध निर्देशक ह्यून लि, नेपालका लागि कोरियाका राजदूत थेयङ पार्क र गोल्छा समूहका अध्यक्ष शेखर गोल्छाको पनि उपस्थिति रहेको बताइएको छ ।
प्रेसिडेन्ट सिउङ ही पार्कले नेपालमा सामसुङको कारखाना खोल्न सकिने नेपाली विद्यार्थीहरूलाई उच्चस्तरको सूचना प्रविधिसम्बन्धी तालिमका साथै सूचना प्रविधि र औधोगिक उत्पादनका विविध पक्षबारे राष्ट्रपति पौडेललाई जानकारी गराएको बताइएको छ ।
टिप्पणीहरू