सुवास नेम्वाङको निधनपछि समाजवादी मोर्चाको कार्यक्रम स्थगित
संविधान सभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएकाले समाजवादी मोर्चाको कार्यक्रम स्थगित गरिएको छ । मोर्चाले आज धनगढीमा राखेको सन्देश सभा स्थगित गरिएको जनाएको छ ।
प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत नेताहरूले सम्बोधन गर्ने कार्यक्रम थियो ।
यसअघि भदौ १३ गते धनगढीका लागि तय गरिएको मोर्चाको कार्यक्रम अन्तिम चरणमा स्थगित भएको थियो ।
टिप्पणीहरू