प्रधानमन्त्री जानुअघि परराष्ट्रमन्त्री अमेरिका प्रस्थान

प्रधानमन्त्री जानुअघि परराष्ट्रमन्त्री अमेरिका प्रस्थान
सुन्नुहोस्

परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउद अमेरिका जानुभएको छ । कतार एअरवेजको उडान नम्बर क्युआर ६४९ मा बिहान पौने ११ बजे काठमाडौंबाट दोहा प्रस्थान गर्नुभएका उहाँले संयुक्त राष्ट्र संघको ७८ औं महासभा एवम् सोभन्दा अघिका बैठकमा भाग लिनुहुनेछ ।

मन्त्री साउदले पिस बिल्डिङ कमिसनले आयोजना गर्ने एजुकेसन्स रोल इन बिल्डिङ पिस बैठकमा भाग लिने बताइएको छ । प्रधानमन्त्री महासभामा भाग लिन आगामी शुक्रबार त्यसतर्फ जाने कार्यक्रम छ । न्युयोर्कबाट उहाँ असोज पहिलो साता उतै उतै चीन जानुहुने छ ।

टिप्पणीहरू