एमालेले बाग्मतीका सबै कार्यक्रम रोक्यो
नेकपा एमाले बाग्मती प्रदेश समितिले आज र भोलि कुनैपनि औपचारिक कार्यक्रम नगर्ने निर्णय गरेको छ ।
संविधानसभा अध्यक्ष तथा पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनप्रति दुःख व्यक्त गर्दै अध्यक्ष केशवराज पाण्डेले पूर्वनिर्धारित कार्यक्रमसमेत स्थगित गरिएको जानकारी दिएका छन् । १३ वटै जिल्ला कमिटीलाई पत्राचार गरी उनले प्रदेश अधिवेशनका लागि प्रतिनिधि चयन प्रक्रियासमेत स्थगित गर्न भनेका छन् ।
उपाध्यक्षको निधनले सिंगो देश र पार्टी शोकमा रहेकाले आज र भोलि प्रतिनिधि चयन गर्ने पूर्वनिर्धारित कार्यक्रम रोक्न जिल्ला कमिटीहरुलाई एकमुष्ठ आग्रह गरिएको छ ।
एमाले बाग्मती प्रदेश अधिवेशन असोज ८–९ गते काठमाडौंमा हुँदैछ ।
टिप्पणीहरू