केन्द्रीय समितिको बैठकअघि शेखर समूहको छुट्टै भेला

केन्द्रीय समितिको बैठकअघि शेखर समूहको छुट्टै भेला

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकअघि संस्थापनइतर समूहले छुट्टै भेला गर्ने भएको छ ।

नेता शेखर कोइरालाले १४औं महाधिवेशनमा आफू पक्षबाट उम्मेदवार भई जितेका पदाधिकारी र केन्द्रीय सदस्यहरूको बैठक बोलाएका हुन् । बैठक बालुवाटारस्थित सम्पर्क कार्यालयमा भोलि दिउँसो बस्ने बताइएको छ ।

कांग्रेसले असोज ४ गते केन्द्रीय समिति बैठक बोलाएको छ । केन्द्रीय समिति बैठकमा समान धारणका साथ् प्रस्तुत हुन कोइरालाले आफू पक्षीय नेताहरुसँग अनौपचारिक छलफल गर्न लागेको इतर खेमाका एक नेताले बताए ।

टिप्पणीहरू