पशुपतिनाथको बसपार्कमा पार्किङ निःशुल्क

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले पशुपतिनाथको बसपार्कमा पार्किङ निःशुल्क गरिएको जानकारी दिएका छन् । उनले आज सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त जानकारी दिएका हुन् ।
मन्त्री किरातीका अनुसार पशुपतिनाथको बसपार्कमा अनियमितता र कानूनको गम्भीर उल्लंघन देखिएकोले सम्झौता भंग गरिसकिएको छ । त्यसैले, अर्को प्रक्रिया नहुँदासम्म पार्किङ निःशुल्क गरिएको उनले जनाएका छन् ।
‘पशुपतिनाथको बसपार्कमा अनियमितता र कानूनको गम्भिर उल्लंघन देखिएकोले सम्झौता भंग गरिसकिएको छ, अर्को प्रक्रिया पुरा नहुँदासम्म पार्किङ निःशुल्क गरिएको जानकारी गराइन्छ,’ उनले फेसबुकमा भनेका छन् ।
टिप्पणीहरू