चिनियाँ राष्ट्रपति र प्रधानमन्त्री प्रचण्डबीच भेट,खेलकुद उद्घाटनअघि रात्रीभोज

फोटो :प्रदिपराज वन्त
सुन्नुहोस्

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चीनका राष्ट्रपति सि जिनपिङबीच हाङ्चौमा शिष्टाचार भेटवार्ता भएको छ । उहाँ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको न्युयोर्कबाट आज बिहान सोझै त्यहाँ पुग्नुभएको हो ।

आज राति ८ बजेदेखि शुरु हुने १९ औं एसियाली खेलकुदको उद्घाटन समारोहमा उपस्थित हुनुअघि उहाँले राष्ट्रपति सि जिनपिङसँग शिष्टाचार भेटवार्ता गर्नुभएको बुझिएको छ ।

भेटवार्तापछि खेलकुद उद्घाटन समारोहमा त्यहाँ पुगेका प्रधानमन्त्री दाहाललगायत विभिन्न मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखको सम्मानमा राष्ट्रपति सिले रात्रीभोजको आयोजना गर्नुभएको छ । 

यसअघि आजै हाङ्चौमा राष्ट्रपति सिले कम्बोडियाका राजा नरोद्दम सिहामोनीसँग शिष्टाचार भेट गर्नुभएको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ । आजै राष्ट्रपतिसँग टिमोर लेस्टेका प्रधानमन्त्री सानाना गुस्माओको पनि भेटवार्ता भएको छ ।

टिप्पणीहरू