तीजको दुःख

तीजको दुःख

यस पाली तीजको दर पनि बहुतै चर्चित भयो । महिला दिदी बहिनीहरूले दर खाएको देखेर पुरुष दाजुभाइहरूलाई साह्रै इष्र्या लागेको रहेछ । त्यसैले सामाजिक सञ्जालमा दरको भिडियो खुबै आइरह्यो ।

कसैले भने– दर होइन दारु खाए । कसैले ह्वाङ्ग खुलेको ब्वाउजको भिडियो बनाए । कसैले फुत्तफुत्त उफ्रिँदै नाचेको भिडियो हाले । महिलामाथि व्यंग्य कस्न पाउँदा पुरुषले एउटै मौका पनि नछोड्ने रहेछ । 

हुन त तीजलाई पतिको घरमा एक वर्षसम्म भएको दुःख जम्मै माइतीमा आएर पोख्ने अवसर भनिन्छ । अर्थात महिलाका लागि यो दुःख पोख्ने अवसर हो । तर अहिले लागिरहेको छ, यो महिलाले दुःख पोख्ने होइन पुरुषले आफ्नो पीडा पोख्ने अवसरमा परिणत भइरहेको छ ।

एक वर्षसम्म पत्नीलाई केही भन्न पाएको हुँदैन, तीज आयो कि यस्ती महिला, उस्ती महिला भनी भिडियो बनाएर दुःख पोखिहाल्छन् । अरु बेला त भन्न पाउँदैनन्, तीजको बेला मौका बनाउँछन् । 

कतै तीजले पनि आफ्नो स्वरुप परिवर्तन गरिसकेछ कि क्या हो ?
 

टिप्पणीहरू