२४ सै घण्टा पुस्तकालय खोल्नुपर्ने माग राख्दै स्ववियुको आन्दोलन
त्रिभुवन विश्वविद्यालयस्थित केन्द्रीय पुस्तकालय २४ सै घण्टा खुला राख्नुपर्ने माग राख्दै स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) आन्दोलनमा उत्रिएको छ । गत असोज ९ गतेदेखि पुस्तकालयको गेटमा धर्ना दिइरहेको स्ववियु त्रिविले तेस्रो दिन पनि आन्दोलन जारी राखेको हो ।
आन्दोलनकारी विद्यार्थीहरुले पुस्तकालयको व्यवस्थापकीय सुधार, स्वच्छ खानेपानीको व्यवस्थापन, पुस्तकालयमा अध्ययन गरेबापत लिइँदै आएको शुल्क हटाउनुपर्ने लगायतका माग राखेका छन् ।
उनीहरुले ‘वेन अ लाइब्रेरी इज ओपन, नो म्याटर इट्स् साइज ओर सेप, डेमोक्रेसी इज ओपन’,‘कटिङ्ग लाइब्रेरिज डुयरिङ अ रिडिङ्ग टाइम इज लाइक कटिङ्ग हस्पिटल डुयरिङ एन इपिडेमिक’,‘वाट युनिभर्सिटी मिंक्स अबाउट इट्स् लाइब्रेरी इज अ मेजर अफ वाट इज फिल्स अबाउट एजुकेशन’,‘२४ आवर्स लाइब्रेरी’, लेखिएका प्लेकार्ड देखाएका छन् ।
टिप्पणीहरू