वसन्तपुरमा इन्द्रजात्राको रौनक (फोटो फिचर)

सुन्नुहोस्

काठमाडौं उपत्यकाको सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्रा काठमाडौँको वसन्तपुरमा भव्यताका साथ मनाइएको छ । जात्राअन्तर्गत जीवित देवी कुमारीको रथयात्रा आजैदेखि शुरू भएको छ ।  

रथयात्रा अवलोकनका लागि आज दिउँसो वसन्तपुरमा विशिष्टदेखि सर्वसाधारणको घुइंचो लागेको थियो । राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रीहरु, महानगरपालिकाका मेयर बालेन शाहलगायत विशिष्ट व्यक्तिहरुले वसन्तपुर पुगेर जात्राको अवलोकन गरेका थिए । 

राष्ट्रपति पौडेलले हनुमानढोकाको गद्दी बैठकबाट इन्द्रजात्राको अवलोकन गर्नुभयो । उहाँले श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथमा दक्षिणा चढाई यात्रा गराउने अनुमति दिएपछि बाजागाजासहित रथयात्रा शुरु भएको हो ।

वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी मनाइने ईन्द्रजात्रा काठमाडौँ उपत्यकाको ऐतिहासिक सांस्कृतिक पर्व हो ।


 

टिप्पणीहरू