लाहान नगरमा पस्यो अख्तियार,तराई भ्रष्टाचारले त्राहीमाम

लाहान नगरमा पस्यो अख्तियार,तराई भ्रष्टाचारले त्राहीमाम
सुन्नुहोस्

अख्तियार दुरूपयाेग अनुसन्धान आयाेगले सिरहाकाे लहान नगरपालिकासँग कागजात माग गरेकाे छ ।

अनियमितताकाे शंका उपशंकावीच विवादमा तानिएकाे लहान नगरपालिकासँग बर्दिबासस्थित अख्तियार कार्यालयले गत आर्थिक बर्षमा गरिएका सम्पूर्ण कामकार्वाहीका सक्कल फाइल माग गरेकाे हाे ।"हाे ,अख्तियारले लहान नगरपालिकासँग पत्र लेखेर कागजात मागेकाे छ " -लहान ७ का वडाध्यक्ष राऔतार साहले जनआस्थासँग भने ।

लहानका मेयर महेश चाैधरीले मनाेमानी गरिरहेकाे भनेर जनस्तरमा आलाेचना भइरहेका बेला अख्तियारले अनुसन्धान प्रकृया अघि बढाउने संकेत गरेकाे छ । अख्तियारकाअनुसार चालु आर्थिक बर्षकाे साउन र भदाै महिनामा मात्रै लहान नगरपालिकाका मेयर चाैधरीबिरूद्व अख्तियारमा १६ उजुरी दर्ता भएकाछन् ।

उजुरीकाे ओइराे 

चालु आर्थिक बर्ष सिरहाका १७ स्थानीय तहबिरूद्व २ सय ८० उजुरी दर्ता भएकाे अख्तियारले जनाएकाे छ ।सबैभन्दा बढी उजुरी औरही गाउँपालिका विरूद्व छ । यस गाउँपालिकाबिरूद्व २ महिनामा ७३ वटा उजुरी दर्ता भएका छन् भने सबै भन्दा कम लक्ष्मीपुर पतारी गाउँपालिका बिरूद्व ३ वटा उजुरी परेका छन् । त्यस्तै,सिरहा नगरपालिकाबिरूद्व २२ , कल्याणपुर,मिर्चैया र लहान नगरपालिकाबिरूद्व १६ का दरले ४८ उजुरी दर्ता भएकाछन् ।

गाेलबजार नगरपालिका बिरूद्व २९ उजुरी दर्ता हुँदा गाेलबजारसँगै जाेडिएकाे धनगढीमाई नगरपालिकाबिरूद्व १५ उजुरी छन् । सुखीपुर नगरपालिकाबिरूद्व ११ , सखुवानन्कारकट्टी गाउँपालिकाबिरूद्व ९ , बिष्णुपुर गाउँपालिका बिरूद्व १३,भगवानपुर गाउँपालिका बिरूद्व १० , बरियारपट्टी गाउँपालिकाबिरूद्व ६ , नवराजपुर गाउँपालिका बिरूद्व ५ ,नरहा गाउँपालिका ७ ,कर्जन्हा नगरपालिकाबिरूद्व १२ र अर्नामा गाउँपालिका बिरूद्व ९ उजुरी दर्ता भएकाे जनाईएकाे छ ।

टिप्पणीहरू