नेपाली क्रिकेट टोलीले भोलि भारतसँग खेल्ने

नेपाली क्रिकेट टोलीले भोलि भारतसँग खेल्ने

१९ औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा नेपालको प्रतिद्धन्द्दी भारत निश्चित भएको छ ।

एसियाडको जारी खेलको लक्की ड्र मार्फत क्वाटरफाइलमा नेपालको खेल भारतसँग परेको हो । कप्तान रोहित पौडेलले प्रतिस्पर्धी टिम रोजाइको 'लक्की ड्र' निकाल्दा भारतको चिट निकालेका थिए ।

नेपालले समूह चरणका यसअघि भएको खेलमा माल्दिभ्सलाई १ सय ३८ र मंगोलियालाई २ सय ७३ रनले हराएको थियो । मंगोलियासँग भएको खेलमा नेपालले झन्डै दर्जन जति विश्व किर्तिमान र राष्ट्रिय किर्तिमान कायम गरेकाे थियाे ।

प्रतियोगितामा भारतसहित ५ वटा टेस्ट राष्ट्रले सोझै क्वाटरफाइनलमा स्थान बनाएका हुन् ।
 

टिप्पणीहरू