जित्ने इरान, पदक पाउने नेपाल

जित्ने इरान, पदक पाउने नेपाल
सुन्नुहोस्

चीनको हाङ्चौमा जारी १९ औँ एसियाली खेलकुद प्रतियोगितामा नेपाल महिला कबड्डीतर्फ सेमिफाइनलमा पुगेको छ । सेमिफाइनल प्रवेशसँगै प्रतियोगितामा नेपालले कबड्डीमा कास्य पदक पाउने निश्चितझैँ भएको छ ।

आज बिहानको खेलमा इरानले बंगलादेशलाई ५४–१६ अंकले पराजित गरेपछि नेपाल समूह ‘बी’ को उपविजेताका रुपमा सेमिफाइनल प्रवेश गरेको छ । कबड्डीमा सेमिफाइनल पुग्ने चारवटै टोलीले पदक प्राप्त गर्छन् ।

महिला कबड्डीमा नेपालले पहिलो पटक एसियाली खेलकुदमा भाग लिएको हो । सेमिफाइनलमा विजयी भएमा नेपाल कम्तीमा रजत पदकको दाबेदार हुनेछ । 

इरानले यसअघि एसियाली खेलकुदमा महिला कबड्डीमा स्वर्णपदक जितेको थियो ।
 

टिप्पणीहरू