प्रधानमन्त्री स्काई ट्रकमा सुर्खेत जाँदै, एमआई १७ हेलिकोप्टरमा बझाङ पुग्ने
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सुर्खेत जान लाग्नुभएको छ । उहाँ बिहान साढे १० बजे सेनाको स्काई ट्रकमा काठमाडौंबाट सुर्खेत जाने र त्यहाँबाट सेनाको हेलिकोप्टरमा बझाङ पुग्ने बताइएको छ ।
सुर्खेतबाट बझाङ जानको लागि सेनाको एमआई १७ हेलिकोप्टर बिहान पोखराबाट सुर्खेत पुग्दैछ । पोखरामा रहेको उक्त हेलिकोप्टर सुर्खेत गएपछि इन्धन भरिने छ ।
टिप्पणीहरू