सेनाको गाडीद्वारा युवती ठहरै

सेनाको गाडीद्वारा युवती ठहरै
सुन्नुहोस्

नेपाली सेनाको जीपले ठक्कर दिँदा एक जना युवतीको ज्यान गएको छ । सेनाको चण्डी दल गणका हुद्दा मोहम्मद नुरेन देवानले चलाएको गाडीले ठक्कर दिँदा काठमाडौं महानगरपालिका वडा नम्बर १३, ताहाचल बस्ने ३१ वर्षीया आकृति शर्माको मृत्यु भएको हो । 

हिजो बेलुका पौने ८ बजे राष्ट्रियसभा गृहअगाडि सेनाको प्रदेश–३–०१–००१ ग ३७०५ नम्बरको गाडीले बा.प्रदेश ०२–०१८ प ९२७७ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । 

सेनाको गाडीले ओभरटेक गर्ने क्रममा दुर्घटनामा परेकी युवतीको घटनास्थलमै मृत्यु भएको जनाइएको छ । उनको शव पोस्टमार्टमका लागि वीर अस्पताल ल्याइएको छ । यता,ड्राइभर देवान भने सैनिक प्रहरीको हिरासतमा छन् ।
 

टिप्पणीहरू