पदक विजेता खेलाडीले एक हप्तामा पुरस्कार रकम हात पार्ने

पदक विजेता खेलाडीले एक हप्तामा पुरस्कार रकम हात पार्ने

चीनमा सम्पन्न १९औँ एसियाली खेलकुद प्रतियोगिताका पदक विजेता खेलाडीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्मान गर्नुभएको छ । 

पदकधारी खेलाडीहरूलाई आज अपराह्न बालुवाटारमा बोलाएर प्रधानमन्त्रीले बधाई तथा शुभकामना दिनुभएको हो । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले खेलाडीलाई प्रोत्साहनका लागि सरकारले घोषणा गरेको पुरस्कार रकम एक हप्ताभित्र अर्थबाट निकाशा हुने प्रतिवद्धतासमेत व्यक्त गर्नुभएको छ । 

'खेलाडीको प्रोत्साहनको लागि मैले रकम दिने घोषणा गरेको थिएँ । नियमावली पास गरेका थियौँ,आजको क्याबिनेटमा निकासाका लागि निर्णय भयो र एक हप्तामा त्यो अर्थबाट आउनेछ ', प्रधानमन्त्रीले भन्नुभयो । 

प्रधानमन्त्री प्रचण्डले आगामी बजेटमा खेल क्षेत्रलाई विशेष प्राथमिकतामा राख्ने पनि बताउनुभएको छ । एसियाली खेलकुदमा नेपालले कबड्डी र करातेमा रजत र कास्य पदक जितेको हो ।

टिप्पणीहरू