नरोकिएका युवा

नरोकिएका युवा

इजरायल गएका नेपाली युवा मारिएपछि देशमा अर्को एउटा आवाज पनि आउन थालेको छ कि युवालाई देशबाहिर जानुपर्ने वातावरण अन्त्य गरौँ, युवाहरूलाई देशमै रोकौँ । अब शायद यो स्वर अझै ठूलो हुँदै आउँछ होला– हाम्रा युवाहरूलाई देशमै रोकौँ । 

अहिले देशमा युवाहरू त रोकिएका छैनन्, तर युवाको भविष्य भने पक्कै रोकिएको छ । युवाका सपनाहरू पनि रोकिएका छन् । आर्थिक अभावले गर्दा युवाको पढाइ रोकिएको छ । पढाइ सकेपछि रोजगारीको अवसर रोकिएको छ । रोजगारी पाइहाले पनि तलब रोकिएको छ ।

यो देशमा युवाको के रोकिएको छैन ? सबकुछ रोकिएको छ । यो रोकिएको तब मात्र खुल्छ जब युवा देशबाहिर पुग्छन् । देशमा हुञ्जेल त सबै रोकिएकै हुन्छ । जुन युवाको भविष्य रोकिएको हुन्छ, सपना रोकिएको हुन्छ, त्यो युवा आफैँ रोकियो भने भोलि देश पनि नरोकिएला र ?

अहिले देश त त्यतिबेला मात्रै चल्ने गर्छ जब विदेशमा हाम्रा युवाको हातगोडा चल्न थाल्छ ।
 

टिप्पणीहरू