मन्त्रीका अङ्गरक्षकद्वारा सालको रुखमा झुन्डिएर प्राणान्त

मन्त्रीका अङ्गरक्षकद्वारा  सालको रुखमा झुन्डिएर प्राणान्त बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलाल
सुन्नुहोस्

बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलालका सुरक्षा अधिकारी सालको रुखमा झुण्डिएको अवस्थामा फेला परेका छन् ।

प्रहरी सहायक निरीक्षक यमबहादुर सुबेदी हेटौंडा ११ स्थित बनदेवी मन्दिर परिसरमा झुण्डिएको अवस्थामा भेटिएका हुन् । उनी धादिङ जिल्लाको खानीखोला इलाका प्रहरी कार्यालयमा दरवन्दी रही मन्त्री दुलालको सुरक्षा गार्डको जिम्मेवारीमा थिए । 

छालाको पेटीले घाँटी कसेर झुन्डिएको अवस्थामा मान्छे मरेको खवर स्थानीय बासिन्दाले गरेपछि मृतक सुवेदीको पहिचान खुलेको हो । घटनाबारे अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

आफैले लगाएको पेटीमा बेरिएर खुट्टासमेत टेकी बसेकोजस्तो देखिएका सुवेदीको हत्या भएको हुनसक्ने अनुमान स्थानीय बासिन्दाले गरेका छन् ।
 

टिप्पणीहरू