दशैंमा नयाँ नोट र तिहारमा असर्फी तथा सिक्काको माग बढ्दै

सुन्नुहोस्

कागजी मुद्रा र सिक्काको संकलन गर्दै आएका श्याम खतिवडाले नेपालका आधुनिक मुद्राहरुः एक समीक्षा पुस्तक प्रकाशन गरेका छन् । केही समयअघि प्रकाशित उनको पुस्तकले नेपाली नोट र सिक्काबारे जान्न चाहने जो कोहीलाई सहयोग पुग्ने बताइन्छ । 

उक्त पुस्तकमा नेपालमा मुद्राको विकासक्रम र व्यवस्थापनदेखि प्राविधिक विवरणहरु पनि समेटिएको छ । 

बजारमा नोट र सिक्काको बारेमा यदाकदा अफवाह फैलन गरेको छ । विशेषगरी सामाजिक सञ्जालमा कतिपय नोट र सिक्काको मूल्य अंकितभन्दा कैयौं गुुणा हुने गरेका अपुष्ट खबर पोष्ट गरेका कारण सर्वसाधरण अन्यौलमा पर्ने गरेका छन् । 

दशैंमा नयाँ नोट र तिहारमा सुनका असर्फी तथा चाँदीका मेडालियनको चर्चा खोजी व्यापक हुन थालेको छ । यीलगायत विषयमा उनै खतिवडाले जनआस्था सम्वादमार्फत् केही जानकारी दिएका छन् ।

टिप्पणीहरू