कसको राजदूत,कस्तो राजदूत ?
नानी पाउनु कहिले कहिले कोक्रो बुन्नु अहिले भनेझैँ गठबन्धन सरकारले पोर्चुगलमा राजदूतावास नै स्थापना नभई राजदूत नियुक्त गरेको छ ।
देशको राजदूतजस्तो जिम्मेवारीमा देशवासीले नाम,थर,ठेगाना र विगतसमेत थाहा नपाउमे गरी सनिल नेपाल नामक कूटनीतिमा क पनि नसुनिएका एक व्यापारीलाई कांग्रेसको कोटाबाट राजदूत नियुक्त गरिएको बुझिएको छ । कपन निवासी नेपाल आइटी विज्ञ हुन् ।
गत चुनावसम्म गगन थापाको फण्ड रेजरको रूपमा चर्चित थिए । हाल राष्ट्रिय भाउजू डा. आरज़ू देउवाको किचन क्याबिनेटकै सदस्य मानिन्छन् । हाल जापानमा राजदूत रहेका डा. दुबसु क्षेत्रीको सुझावअनुसार हतारहतार पोर्चुगलमा दूतावास खोल्ने र सामान्य ज्ञानसम्म नभएको व्यक्तिलाई राजदूत बनाउने बचकना काम गरिएको कूटनीतिक बृत्तमा चर्चा छ ।
अहिलेका परराष्ट्रमन्त्रीलाई विदेश मामिलामा ज्ञानको कमी भएकाले डा. आरज़ू मार्फत उनै दुबसुले मन्त्रालय चलाइरहेको हल्ला परराष्ट्रमा सुनिन्छ । पोर्चुगल युरोप प्रवेश विन्दू मानिएको मुलुक हो भने त्यहाँ नेपाली समुदाय पनि समस्याग्रस्त छ ।
भरखरै क्यानाडाका लागि राजदूत नियुक्त भएका परराष्ट्र सचिव भरत पौडेलको संसदीय सुनुवाई प्रक्रिया शुरु भएको छ भने थाइल्यान्डका लागि राजदूत नियुक्त धनबहादुर ओलीको एग्रिमो अझै आएको छैन ।
टिप्पणीहरू