माधव नेपाल सहभागी कार्यक्रममा चीनद्वारा सहयोग घोषणा
नेपालको भूकम्प प्रभावितका लागि राहत सामाग्री पठाइरहेको छिमेकी चीनले थप सहयोग दिने भएको छ । चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभाग र युनान प्रान्तले आज छुट्टा-छुट्टै सहयोग घोषणा गरेका हुन् ।
युनान प्रान्तले ५० हजार अमेरिकी डलर सहयोग गर्ने जनाएको छ । खुनमिङमा आयोजित दक्षिण र दक्षिण पूर्वी एसियाली मुलुकका नेताहरुको भेला ’सेयरिङ द अचिभमेन्ट अफ द बीआरआई’ कार्यक्रमका दौरान उक्त प्रतिवद्धता आएको पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले जानकारी दिनुभयो ।
उहाँ सोही कार्यक्रममा सहभागी हुनुहुन्छ । अध्यक्ष नेपालका अनुसार चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले भूकम्प पीडितका लागि दश लाख आरएमबी बराबरको आर्थिक सहयोग दिने प्रतिवद्धता जनाएको छ ।
टिप्पणीहरू