माधव नेपालसँग उताका सचिवको भेट

माधव नेपालसँग उताका सचिवको भेट
सुन्नुहोस्

चीन भ्रमणमा रहनुभएका नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग चिनियाँ कम्युनिष्ट पार्टीका प्रान्तीय सचिवले भेट गर्नुभएको छ । 

अध्यक्ष नेपाल नेतृत्वको १५ सदस्यीय टोली र चीनको युन्नान प्रान्तीय सचिव वाङ निङबीच खुनमिङमा भेटवार्ता भएको हो ।उहाँ बेल्ट एण्ड रोड इनिसिएटिभ्सबारे अन्तर्राष्ट्रिय अनुभव आदान प्रदानसम्बन्धी उच्चस्तरीय कार्यक्रमलाई सम्बोधन गर्न चीन गएर हिजो सम्मेलनको उद्घाटन सत्रमा आफ्ना भनाइ राख्नुभएको थियो ।

दक्षिण र दक्षिण पूर्वी एसियाली विभिन्न मुलुकका नेताहरुको सहभागिता रहेको कार्यक्रमको एउटा सत्रमा ‘बेल्ट एण्ड रोड डाइलग’ शीर्षक राखिएको थियो । जसको पहिलो भागमा बेल्ट एण्ड रोडले ल्याउने आगामी भविश्य,दोस्रो भागमा राजनीतिक दलहरुको भूमिका र तेस्रोमा यसका उपलब्धीको आदानप्रदानबारे छलफल गरिएको छ ।

कार्यक्रममा नेपाललगायत थाइल्याण्ड, इण्डोनेसिया, पाकिस्तान, बंगलादेश, सिंगापुरका विभिन्न राजनीतिक दलका नेता तथा प्रतिनिधिको सहभागिता छ । 

अध्यक्ष नेपाल १५ सदस्यीय टोलीको नेतृत्व गर्दै मंगलबार युन्नान प्रान्तको खुनमिङ जानुभएको थियो । उहाँ आगामी मंगलबार स्वदेश फर्कनुहुने छ ।

 

टिप्पणीहरू