मेयरको क्वार्टरमा किन पसे गृहमन्त्री ?

मेयरको क्वार्टरमा किन पसे गृहमन्त्री ?
सुन्नुहोस्

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र काठमाडौं महानगरपालिकाका मेयर बालेन साहबीच भेटवार्ता भएको छ ।

बिहान ११ बजेदेखि झण्डै डेढ घण्टा मेयरको सरकारी निवास लैनचौरमा कुराकानी भएको हो । उक्त निवास भारतीय र बेलायती दूतावास सामुन्ने अवस्थित छ ।

यिनै मेयरले नागरिकता काण्डमा रवि लामिछाने गृहमन्त्रीबाट पदमुक्त हुनासाथ फेरि एउटा शुक्रवार साँझ नारायणकाजी श्रेष्ठलाई फोन गरेर उक्त पद आफ्नोनिम्ति सुरक्षित गराइदिन आग्रह गरेका थिए । सो अवसरमा बालेनको भनाइ थियो-"म गृहमन्त्री बनेँ भने छ महिनामा कालापानीसहितको भूभाग भारतको हातबाट फर्काइदिन्छु ।" उनले भनेअनुसार मन्त्री बन्न नपाएपछि बल्ल मेयरको कार्यकक्षमा कालापानीसहितको चुच्छे नक्सा झुण्डिन थालेको हो ।

यिनै मेयरले नागरिकता काण्डमा रवि लामिछाने गृहमन्त्रीबाट पदमुक्त हुनासाथ फेरि एउटा शुक्रवार साँझ नारायणकाजी श्रेष्ठलाई फोन गरेर उक्त पद आफ्नोनिम्ति सुरक्षित गराइदिन आग्रह गरेका थिए ।

सो अवसरमा बालेनको भनाइ थियो-"म गृहमन्त्री बनेँ भने छ महिनामा कालापानीसहितको भूभाग भारतको हातबाट फर्काइदिन्छु ।" उनले भनेअनुसार मन्त्री बन्न नपाएपछि बल्ल मेयरको कार्यकक्षमा कालापानीसहितको चुच्छे नक्सा झुण्डिन थालेको हो ।

टिप्पणीहरू