उपप्रधानमन्त्री दोस्रो खेप त्रिपाल पुर्याएपछि राजधानी फर्कने
उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का आज पनि भूकम्प प्रभावित क्षेत्रमा त्रिपाल लिएर जान लाग्नुभएको छ ।
उहाँ दिउँसो साढे २ बजे सेनाको एमआई हेलिकोप्टरमा सुर्खेतबाट त्रिपाल र ब्लाङ्केट लिएर जाजरकोट जाने र त्यसपछि सुर्खेत हुँदै काठमाडौं फर्कने कार्यक्रम रहेको बताइएको छ ।
उहाँ हिजो सुर्खेत विमानस्थलबाट त्रिपाल लिएर हेलिकोप्टरमा रुकुम पश्चिम जानुभएको थियो । ती त्रिपालमध्ये जाजरकोटको भेरी नगरपालिकामा पाँच सय, रूकुम पश्चिमको चौरजहारी नगरपालिकामा पाँच सय, मुसिकोट नगरपालिकामा पाँच सय, सल्यानको बाँफीकोट गाउँपालिकामा दुई सय ९२ र सल्यानकै त्रिवेणी गाउँपालिकामा पाँच सय वटा वितरण गरिएको जानकारी दिइएको छ ।
टिप्पणीहरू