धनगढीमा भीषण आगलागी, सारथी अस्पताल ध्वस्त
कैलालीको धनगढीस्थित सारथी अस्पतालमा गएराति लागेको भीषण आगलागीमा अस्पताल जलेर नष्ट भएको छ । राति १ बजेतिर लागेको आगो स्थानीय, दमकल र सुरक्षाकर्मीको प्रयासमा नियन्त्रणमा लिइएको थियो ।
अस्पतालमा उपचाररत एक जना बिरामीलाई तत्काल बाहिर निकालिएकाले मानवीय क्षति नभएको बताइएको छ । आगलागीबाट अस्पतालका सबै उपकरण र फर्निचर जलेर नष्ट भएको छ ।
अस्पतालसँगैको जुत्ता चप्पलको होलसेल गोदाममा विद्युत् सर्ट भएपछि सल्केको आगोले अस्पताल जलेको प्रहरीको भनाई छ । अस्पतालसँगैका अन्य व्यापारिक गोदाम पनि जलेका छन् ।
आगो नियन्त्रणमा जिल्ला प्रहरी कार्यालयबाट ४०, सेनाका २६ जना, शसस्त्र प्रहरी बल ३४ नम्बर गण हेडक्वार्टर कैलालीबाट ३० जना खटिएका थिए । उपमहानगरपालिकाको दमकल र स्थानीय पनि तत्काल आगो नियन्त्रणमा जुटेको बताइएको छ ।
टिप्पणीहरू