जापानलाई हराउँदै नेपाल तेस्रो

चारदेशीय महिला टी-२० सिरिजमा नेपालले तेस्रो स्थान बनाएको छ । आज हङकङमा सम्पन्न खेलमा जापानलाई ४५ रनले पराजित गर्दै नेपाल तेस्रो भएको हो ।
नेपालले दिएको ११६ रनको लक्ष्य पछ्याएको जापानले २ विकेटको क्षतिमा मात्र ७० रन बनायो । यसअघि पहिला ब्याटिङ गर्दै नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै ११५ रन बनाएको थियो ।
नेपालका लागि पूजा महतोले ४३, रोमा थापाले २२, रुविना क्षेत्रीले २१ तथा कप्तान इन्दू बर्माले १२ रन बनाइन् ।
समूह चरणमा नेपालले जापानलाई हराएको थियो भने आयोजक हङकङ र तान्जानियासँग पराजित भएको थियो । जापानले भने समूह चरणका तीनै खेलसहित आज पनि हार व्यहोरेको हो ।
सिरिजको फाइनल खेलमा आज हङकङ र तान्जानिया खेल्दैछन् ।
टिप्पणीहरू