राजमार्गमा कार र ट्रक ठोक्किँदा एकको मृत्यु, दुई घाइते
पूर्वी नवलपरासीमा कार र ट्रक ठोक्किँदा एक जनाको मृत्यु भएको छ । डण्डामा भएको दुर्घटनामा दुई जना घाइते भएको बताइएको छ।
प्रहरीका अनुसार कावासोती नगरपालिका १६, डण्डामा लु.२ख ५८०५ नम्बरको ट्रकले लु.१च १०२४ नम्बरको कारलाई ठक्कर दिएको हो । सिद्धार्थनगर नगरपालिका ८, का ५९ वर्षीय हरिषचन्द्रमान श्रेष्ठको मृत्यु भएको छ ।
उनको उपचारको क्रममा निधन भएको बताइएको छ । सर्लाहीका २८ वर्षीय सरोजकुमार साह र २१ वर्षीय सरस्वती साह घाइते छन् ।
टिप्पणीहरू