महेशको कार्यक्रममा ‘दुर्गे मूर्दावाद’ को नारा
नेकपा एमालेका युवा विद्यार्थीहरुले मसाल जुलुस निकालेका छन् । पर्सि काठमाडौँमा शक्ति प्रदर्शन गर्न लागेको राष्ट्रिय युवासंघ नेपाल र अनेरास्ववियुले संयुक्तरुपमा आज साँझ राजधानीको तीनकुनेस्थित रोयल ब्यांकेट अगाडि मदन भण्डारी पथमा मसाल जुलुस निकालेका हुन् ।
मंसिर ७ गतेको कार्यक्रम सफल बनाउन आज मसाल जुलुस निकालिको उनीहरुले जनाएका छन् । जुलुसमा एमाले पोलिटब्यूरो सदस्य तथा युवा फाँट इञ्चार्ज महेश बस्नेत, संघका अध्यक्ष क्षितिज थेवे, अनेरास्ववियु अध्यक्ष समिक बडाल, उपाध्यक्ष अमित लामा, जय गुरुङ, महाराज गुरुङ, महासचिव सुमन पूरी, प्रवक्ता निरोज पौडेललगायत सहभागी छन् ।
‘नेकपा एमाले जिन्दावाद’, ‘राष्ट्रिय युवासंघ नेपाल जिन्दावाद’, ‘अनेरास्वियु जिन्दावाद’, ‘दलालहरु होशियार’, ‘महंगी भ्रष्टाचार नियन्त्रण गर’, ‘अराजकलाई कारबाही गर’, ‘अराजक दुर्गे मूर्दावाद’ जस्ता नारा लगाउँदै मसाल बोकेका एमाले कार्यकर्ताहरु तिनकुनेबाट बाग्मती पुल र एयरपोर्टतर्फ अगाडि बढेका छन् ।
टिप्पणीहरू