बालुवाटारमा तीन शीर्ष नेताको छलफल
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्न सत्तारुढ नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुग्नुभएको छ ।
सात राजनैतिक दल र तत्कालीन नेकपा (माओवादी) ले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेको दिन शान्ति प्रक्रियालाई टुंग्याउनेबारे सल्लाह गर्न प्रधानमन्त्रीले बोलाएको बैठकमा भाग लिन उहाँहरु साँझ बालुवाटार जानुभएको हो ।
तीन नेताबीच शान्ति सम्झौताका बाँकी काम यथासक्य छिटो टुंगोमा पुर्याउने प्रतिबद्धतासहित छलफल जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
टिप्पणीहरू