अर्थतन्त्र चलायमान बनाउन ठेकेदारहरुको भूमिका महत्वपूर्ण : राष्ट्रपति पौडेल

अर्थतन्त्र चलायमान बनाउन ठेकेदारहरुको भूमिका महत्वपूर्ण : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको अर्थतन्त्र चलायमान बनाउन निर्माण व्यवसायीहरूको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ ।

४६ औँ इफाप्का सम्मेलनको राजधानीमा उद्घाटन गर्दै उहाँले विश्वका सबै मुलुकको आर्थिक विकासमा भौतिक पूर्वाधारको धेरै भूमिका हुने उल्लेख गर्नुभयो ।

उहाँले जलवायु परिवर्तनको सन्दर्भ जोड्दै भन्नुभयो, ‘पृथ्वी रहे मात्र हामी रहन्छौँ भन्ने मान्यतालाई आत्मसात् गर्दै प्रकृतिमैत्री दिगो पूर्वाधार निर्माणका इफाप्कामा आबद्ध मुलुकहरू बढी मात्रामा जलवायु परिवर्तनसँगै प्राकृतिक विपत्तिको सिकार भइरहेको परिप्रेक्ष्यमा यस सङ्गठनले जलवायु परिवर्तनको एजेन्डालाई प्राथमिकताका साथ उठान गर्नुपर्ने आवश्यकता देखेको छु ।’

राष्ट्रपतिले संयुक्त राष्ट्रसंघका महासचिवको हालैको नेपाल भ्रमणको सन्दर्भ जोड्दै जलवायु परिवर्तनको एजेन्डालाई उल्लेख गर्नुभएको हो । सोही भ्रमणबारे उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘कार्बन उत्सर्जनमा कटौती गरी प्रकृति सुहाउँदा पूर्वाधार निर्माणमा जुट्नुपर्ने बेला आएको छ ।

टिप्पणीहरू