राजधानीका चोक चोकमा सुरक्षाकर्मी, विरोध प्रदर्शनको तयारी

राजधानीका चोक चोकमा सुरक्षाकर्मी, विरोध प्रदर्शनको तयारी
सुन्नुहोस्

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ र विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंको समूहको प्रदर्शनलाई ध्यानमा राखेर राजधानी काठमाडौंका अधिकांश चोकमा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

उपत्यकाको सुरक्षा व्यवस्था कडा बनाउन नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका दुई दुई हजार सुरक्षाकर्मी परिचालन गरिसकिएको छ । मध्यान्हपछि अवस्थालाई हेरेर थप सुरक्षाकर्मी परिचालनको निम्ति उनीहरुलाई जगेडामा तर तम्तयार हालतमा राखिएको बताइएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले युवा संघका लागि तीनकुने मैदान र प्रसाईंका लागि कालिमाटी नजिकैको बल्खुमा कार्यक्रम गर्ने स्थान तोकिदिएको छ । सिंहदरबार, माइतीघर, नयाँ बानेश्वर, बालुवाटार, शीतल निवास, पुल्चोकलगायत क्षेत्रलाई निषेधित तोकिएको छ ।

सुरक्षा निकायले सादा पोसाकका सुरक्षाकर्मी पनि प्रशस्त परिचालन गरेको बताइएको छ । दुबै समूहले बिहान ११ बजेदेखि जुलुस र नाराबाजी शुरु हुने बताएका छन्।

टिप्पणीहरू