राजधानीबासी मर्कामा परेको मानव अधिकार आयोगको ठहर

राजधानीबासी मर्कामा परेको मानव अधिकार आयोगको ठहर

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ र दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानद्वारा काठमाडौंको छुट्टाछुट्टै स्थानमा गरिएको प्रदर्शनको राष्ट्रिय मानव अधिकार आयोगले आज दिनभर अनुगमन गरेको छ । 

आयोगले सो क्रममा तीनकुनेमा आयोजित युवा संघको प्रदर्शन शान्तिपूर्ण रहेको जनाएको छ । बल्खुको प्रदर्शनमा भने दुई पक्षबीच झडप, ढुंगामुढा र इँट्टा प्रहार भएको थियो । 

प्रसाईं पक्ष सुरक्षा घेरा तोडेर कालीमाटीतर्फ जान खोज्दा प्रहरीसँग झडप भएको र स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस र पानीको फोहोरा प्रहार गर्दा केही मोटरसाइकल, स्कुटरमा क्षति पुगेको आयोगले जनाएको छ । सो क्रममा केही व्यक्ति घाइते भएका हुन् ।

प्रदर्शनका कारण वरपरका विद्यालयहरुमा पठनपाठन अवरुद्ध भएको, पसलहरु बन्द भएको र सर्वसाधारणको स्वतन्त्र र सुरक्षित रुपमा आवतजावत गर्ने अधिकारमा असर परेको आयोगको ठहर छ ।

टिप्पणीहरू