एकजना उपप्रधानमन्त्री कीर्तिपुरमा, अर्का शंखमूल
उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का आज साँझ कीर्तिपुर जानुभएको छ । उपप्रधानमन्त्री खड्का कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीलाई समवेदना व्यक्त गर्न उनको निवास खासिबजार पुग्नुभएको हो ।
नकर्मीको माताको निधनमा उहाँले दिवंगतप्रति श्रद्धाञ्जली र शोक सन्तप्त परिवारमा समवेदना व्यक्त गर्नुभएको बताइएको छ ।
यता, अर्का उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ आज साँझ शंखमूल पुग्नुभएको छ । उहाँ वडा नम्बर ११ का वडाध्यक्ष अरोजकुमार खड्गीको छोराको बिहे भोजमा सहभागी हुन शंखमूल जानुभएको हो ।
टिप्पणीहरू