प्रसाईंको भक्तपुरको कार्यक्रम रोकियो, काठमाडौंमा ‘कल्चरल प्रोग्राम’

प्रसाईंको भक्तपुरको कार्यक्रम रोकियो, काठमाडौंमा ‘कल्चरल प्रोग्राम’

बिहीबारदेखि काठमाडौं केन्द्रित बिरोध प्रदर्शन गर्दै आएको विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईं समूहले आज भक्तपुरमा राखेको कार्यक्रम रोकेको छ । आज भक्तपुर दरबार स्क्वायरभित्र राखिएको कार्यक्रम स्थगित गरिएको बताइए पनि कारण खुलाइएको छैन ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालले जारी गरेको सूचनामा त्यसको सट्टा काठमाडौंका तीन स्थानमा सांस्कृतिक कार्यक्रम राखिएको जनाएको छ ।जसअनुसार बिहान ११ बजे कलंकी चोक, बालाजुको बिजी मल र रत्नपार्कमा एकैचोटी सांस्कृतिक कार्यक्रम गर्न लागिएको हो ।

हिजो उक्त समूहले सिफल चौरमा प्रदर्शन गरेको थियो । अस्ति स्थानीय प्रशासनले आदेश जारी गर्दै तीनकुनेमा कुनैपनि खालको प्रदर्शन गर्न रोक लगाएपछि राजावादीहरु हिजो सिफल पुगेका हुन् । बैंकको कर्जा मिनाहासँगै राजतन्त्र पुनस्र्थापनाको माग अघि सारेको समूहले ‘व्यवस्था परिवर्तनका लािग कहिल्यै थाक्दैनौं’ भन्ने नारा लेखिएको पर्चा वितरण गरेका थिए ।

उक्त समूहले बिहीबार बल्खुमा बिरोध प्रदर्शन गरेको थियो ।

टिप्पणीहरू