दुर्गा प्रसाईंका सचिवालय सदस्यहरुलाई अपर्झट निवासमा बोलाइयो

दुर्गा प्रसाईंका सचिवालय सदस्यहरुलाई अपर्झट निवासमा बोलाइयो
सुन्नुहोस्

दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक महाअभियान २०७९ ले काठमाण्डौ उपत्यकाभित्रका सचिवालय सदस्यहरुलाई उनको निजी निवास ठिमीमा बोलाइएको छ ।

उनीहरुलाई आज बेलुकी ५ बजे अभियानका अध्यक्षको निजी निवास ठिमी, भक्तपुरमा आन्दोलनको पछिल्लो परिस्थितिबारे थप छलफल गर्न अनिवार्य उपस्थितिका लागि अनुरोध गर्दै बोलाइएको हो ।

यता, शान्तिवाटिका (रत्नपार्क) अगाडिको सडकमा अभियानका केन्द्रीय सचिवालय सदस्य हरिहर चाैँलागाईलगायत झण्डै एक सय जनाले आज दिउँसो नाराबाजी गरेका छन् । उनीहरुले दुर्गा प्रसाईं जिन्दावाद,  संघीयता खारेज गर, गणतन्त्र धोका हो, राजसंस्था जिन्दावाद, गरीबको ऋण मिनाहा गर, हिन्दु राष्ट्र कायम गरलगायत नारा लगाएका थिए । 

केहीले बालाजुको बिजी हल बाहिर पनि केहीबेर त्यस्तै नारा लगाएको बताइन्छ ।

टिप्पणीहरू